Wednesday, September 9, 2015

CAC meeting in Deupur

सोर्डेक नेपालको नागरिक सचेतना केन्द्रसँग अन्तरक्रिया तथा कलष्टर वैठक सम्पन्न
सम्पन्नता स्तरीकरण गरि प्रत्येक गा.वि.समा नागरिक सचतना केँन्द्र गठन गरिदैँ
शिवप्रसाद शर्मा
कुश्मा पर्वत, भाद्र २३,
समाज कल्याण स्रोत विकास केन्द्र(सोडेक) नेपालले स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत वडा र वस्तीको सम्पन्नता स्तरिकरण गर्न सुरु गरेको छ । संस्थाले कार्यक्रम संचालन गरेको देउपुर, भुकताङ्गले, देउराली, तिलाहार, ठूलिपोखरी, खौलालाँकुरी, राम्जादेउराली, चित्रे, कार्कीनेटा र आर्थरडाँडाखर्क गा.वि.समा वडा र वस्तीको सम्पन्न्ता स्तरिकरण गर्न थालीएको हो । सो का निम्ती सामाजिक परिचालकहरु लाई अभिमुखिकरण समेत गरिएको छ । मंगलवार देउपुरको नागरिक सचेतना केन्द्रमा जिल्ला शासन विज्ञ लोकप्रसाद पौडेलले तथ्याङ्क संकलन र विश्लेषणका निम्ती कर्मचारीहरुलाई अभिमुखीकरण गरेका हुन ।
सम्पन्नता स्तरिकरण पछि अति विपन्न वडा र वस्ती समेटेर दोस्रो नागरिक सचेतना केँन्द्रको गठन तथा हरेक वडामा रहेका वडा नागरिक मञ्चको पुनर्गठन हुने संस्थाले जनाएको छ ।
यसै विच संस्थाको आयोजनामा देउपुर गा.वि.स वडा नं ३ दुलेपानी स्थित दुलेपानी नागरिक सचेतना केन्द्रका सदस्यहरुसँग अन्तक्रिया कार्यक्रम तथा कलष्टर वैठक समेत सम्पन्न भएको छ । अधिकांश दलित तथा विपन्न महिलाहरुको प्रतिनिधित्व रहेको नागरिक सचेतना केन्द्रका सहभागीहरुले कार्यक्रमले आफुहरुलाई शिक्षा, स्वास्थ्य, सामाजिक चेतना र अधिकारका निम्ती सजग बनाएको, वाहिरी मान्छेको उपस्थितीमा ढुक्क बोल्न सक्ने बनाएका,े आयआर्जनका निम्ती समुहिक भावनामा वाँदर र किरा मुसाले नोक्सान नगर्ने अदुवा, वेसार जस्ता खेती गर्ने पद्दतीको विकास भएको वताएका थिए । उनिहरुले आफ्नो नागरिक सचेतना केन्द्रलाई जि.वि.सबाट आयआर्जन कार्यक्रमका निम्ती छिट्टै सहयोग गर्ने व्यवस्था मिलाउन संस्थासँग माग समेत गरेका थिए ।
कार्यक्रम सोडेक नेपालका सामाजिक परिचालन संयोजक रमेश प्रसाद रिजालको अध्यक्षता, जिल्ला शासन विज्ञ लोकप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा सामाजिक परिचालक शान्तीदेवी तिवारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा सोडेक नेपालका कार्यक्रम संयोजक शिवप्रसाद शर्मा, नागरिक सचेतना केन्द्रका संयोजक रामकुमारी तिमिल्सिना, ठूलिपोखरी गा.वि.सका सामाजिक परिचालक रमेश पौडेल, खौलालाँकुरीका सामाजिक परिचालक तेजप्रसाद शर्मा, तिलाहारका सामाजिक परिचालक सिता वि.क. लगाएतले वोलेको थिए ।