Thursday, March 12, 2015

मेनुकालाई अचेल श्रीमानसंग लडिरहनु पर्दैन

मेनुका वि.क. पर्वत जिल्लाको वाजुङ गाविसमा वि.सं.२०२८ साल जेठ महिनामा जन्मिएकी हुन । उनले प्राथमिक तहसम्मको शिक्षा पुरा गरेकी छिन । उनको १६ वर्षको उमेरमा विवाह भएको थियो । उनका ४ जना छोराछोरी छन । उनलाई यी चारजना छोराछोरीको रोजीरोटीको जोहो गर्न निकै मुश्किल छ किनकि न त उनका श्रीमानको कुनै पेशा वा रोजगारी छ न त उनीसंग पर्याप्त उर्वरभूमि छ ।

मेनुकालाई समूह
भनेको के हो ? समूहमा वस्दा उनकास्तरका महिलाहरुले के के फाइदा पाउन सक्छन भन्ने वारेमा केही पनि थाहा थिएन । यो भन्दा पनि उनका परिवारका सवै सदस्यहरुले महिलाहरु समूहमा जानु हुंदैन, समूहमा वस्नु हुंदैन भन्ने गर्दथे । यस्तो अवस्थामा उनलाई नागरिक सचेतना केन्द्रको वैठकमा जानु निकै मुश्किलको कुरा थियो । एकदिनको कुरा हो जव उनले आफ्नो श्रीमानलाई नागरिक सचेतना केन्द्रमा जाने अनुमति मागिन, उनका श्रीमानले उल्टो उनलाई सचेतना केन्द्रवाट कति पैसा आउंछ भनेर सोधे । उनले श्रीमानलाई नागरिक सचेतना केन्द्रमा पैसाका लागि भन्दा पनि ज्ञान र सीप सिक्नका लागि जानु पर्ने कुरामा श्रीमानलाई सम्झाउने प्रयास गरिन । कसै गरे पनि उनले श्रीमानलाई सम्झाउन सकिन । अव उनीसंग रहेको उपाय भनेको लुकीछिपी सचेतना केन्द्रको वैठकमा जानु नै थियो । उनी लुकीछिपी वैठकमा जान थालिन । यसरी लुकीछिपी गएको थाहा पाएर उनका श्रीमानले उनीमाथि दाहमात्र वुकुराएनन, उनलाई कैंयौं पटक पिटे ।
उनी र उनको श्रीमानको वीचमा परिवार नियोजनको विषयलाई लिएर कैंयो पटक झगडा हुन्थ्यो । रक्सी सेवन गरेर आएपछि उनी श्रीमतीमाथि वलजफ्ती गर्न खोज्थे । उनका श्रीमान अस्थायी साधन प्रयोग गर्न मान्दैनथे, स्थायी वन्ध्याकरण त टाढाको विषय थियो । सचेतना केन्द्रमा उनले परिवार नियोजनका विधिहरुका वारेमा सिकिन । अहिले उनले डिपो लगाएकी छिन । अहिले श्रीमानसंग लडिरहनु पर्ने तनाव उनलाई छैन ।

No comments:

Post a Comment