Thursday, March 12, 2015

सासुले वुहारीलाई नागरिकता दिलाउन सहयोग गरिन

दिल कुमारी विक पर्वत जिल्लाको वाजुङ गाविसको वडा नं. ९ मा वस्छिन । उनी निरक्षर छिन । उनी वि.सं. २००९ सालको भाद्र .महिनामा जन्मिएकी हुन । उनको १६ वर्षको उमेरमा विवाह भएको हो । उनी १८ वर्षको उमेरमा आमा वन्न पुगिन । उनका ३ छोरा र १ छोरी छन । श्रीमानको कुनै रोजगार तथा पेशा नभएका कारणले उनलाई छोराछोरी पाल्न निकै मुश्किल छ । उनले अधियां गरेर आफ्ना छोराछोरी पाल्न विवश छिन । नागरिक सचेतना केन्द्रमा आउनु भन्दा अगाडि उनलाई गाविस भन्ने संस्था हुन्छ भन्ने पनि थाहा थिएन । यसले के काम गर्छ भन्ने कुरा त परको कुरा हो । उनलाई जन्मदर्ता र नागरिकताको महत्वको वारेमा पनि केही थाहा थिएन । महिलाले किन नागरिकता वनाउने, किन जन्मदर्ता गने ? भन्ने पुरानो सोच उनमा पनि विद्यमान रहेको थियो । यही सोचका कारणले न त उनले आफ्नो नागरिकता वनाएकी थिइन न त वुहारीको नागरिकता वनाउन नै सकेकी थिइन । नागरिक सचेतना केन्द्रमा गएपछि उनले नागरिकता र जन्मदर्ताको महत्व वुझिन । साथै छोरी र वुहारी समान हुन । वुहारीलाई पनि छोरी सरहको व्यवहार गर्नु पर्छ भन्ने शिक्षा उनले सचेतना केन्द्रवाट पाएपछि उनले वुहारीलाई पनि नागरिकतादिलाउन सफल भईन । उनले वुहारीको मात्र नभएर आफ्नो नागरिकता पनि वनाउन सफल भईन । अव उनले सोही नागरिकताको सहयोगले वैंकवाट ऋण निकाली व्यवसायिक रुपमा वाख्रापालन गर्ने सोचमा रहेकी छिन । त्यसैले उनले नागरिक सचेतना केन्द्रलाई जीवनको पहिलो पाठशालाको रुपमा स्वीकार्छिन । साथै आफू सदैव महिला हक अधिकारका लागि काम गर्ने प्रतिवद्धता पनि जाहेर गर्दछिन । 

No comments:

Post a Comment